७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा एकीकृत समाजवादीले छाड्याे जनताको बहुदलीय जनवाद , मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त



काठमाडौं । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले औपचारीकरुपमा जनताको बहुदलीय जनवादको लाईन छाड्ने भएको छ । शनिबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने धारणा प्रस्तुत गरेका छन् ।

खनालले प्रस्तुत गरेको प्रतिवेदनमा संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको दाबी गर्दै मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं’, नेता खनालले प्रस्तुत गरेको दस्तावेजमा उल्लेख छ ।

यस्तो छ खनालको दस्तावेज :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/todayccm-converted.pdf”]

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई