१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेकपा एकीकृत समाजवादीले छाड्याे जनताको बहुदलीय जनवाद , मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त



काठमाडौं । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले औपचारीकरुपमा जनताको बहुदलीय जनवादको लाईन छाड्ने भएको छ । शनिबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने धारणा प्रस्तुत गरेका छन् ।

खनालले प्रस्तुत गरेको प्रतिवेदनमा संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको दाबी गर्दै मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं’, नेता खनालले प्रस्तुत गरेको दस्तावेजमा उल्लेख छ ।

यस्तो छ खनालको दस्तावेज :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/11/todayccm-converted.pdf”]

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १३ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय