१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमाले महाधिवेशन प्रतिनिधि छनौट : उम्मेदवारीसँगै फिर्ताको निवेदनमा हस्ताक्षर, ओली निकटलाई सर्वसम्मत घोषणा गर्ने तयारी



बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ बाट महाधिवेशनमा प्रतिनिधीत्व गर्नेहरुका लागि शुरु भएको प्रक्रियामा उम्मेदवारी दिने सदस्यहरुलाई पहिलेनै उम्मेदवारी फिर्ता गरेको निवेदनमा हस्ताक्षर गराईएको खुलेको छ । महाधिवेशनमा प्रतिनिधि बन्नका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा अग्रिम फिर्ताको निवेदनमा हस्ताक्षर गराएर ओली निकटका ८ जना सर्वसम्मत चयन भएको घोषणा गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

शुक्रबार मनोनयनको कार्यक्रम रहेकोमा उम्मेदवारी दर्ता गराउँदा नै सर्वसम्मतका लागि उम्मेदवारी फिर्ता गरेको कागज गराएर निर्वाचन समितिले ओली निकटका ८ जना सर्वसम्मत चयन भएको घोषणा गर्न थालेको हो ।

रुपन्देही क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधी हुनका लागि ५२ वटा उम्मेदवारी परेपछि सर्बसम्मत नेतृत्व चयन भएमा सहमत छु भन्ने सहमती पत्रमा हस्ताक्षर गराएर राखिएको एक एमाले कार्यकर्ताले बताए ।

निर्वाचन कमिटीले प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, पार्टी जिल्ला अध्यक्ष एवं बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, , तिलोत्तमा र सैनामैनाका नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्र बहादुर कार्की, प्रचार बिभाग प्रमुख मोहन चापागाई, बावुराम भटराई, गोपाल राना र बल बहादुर आचार्यलाई प्रतिनिधीको रुपमा सर्वसम्मत भएको घोषणा गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधी छनोट हुने क्षेत्र नं २ मा खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन गरिनेमा ५२ जनाले मनोनयन दर्ता गराएका थिए। त्यसैगरी महिला प्रतिनिधी तर्फ पनि सहमती गराउने प्रयत्न भई रहेको बताईएको छ।

करिव १७ हजार सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना प्रतिनिधि छनौेट हुने एमालेको बैधानीक ब्यवस्था छ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम