२१ असार २०८३, आइतबार | July 6, 2026

एमाले महाधिवेशन प्रतिनिधि छनौट : उम्मेदवारीसँगै फिर्ताको निवेदनमा हस्ताक्षर, ओली निकटलाई सर्वसम्मत घोषणा गर्ने तयारी



बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ बाट महाधिवेशनमा प्रतिनिधीत्व गर्नेहरुका लागि शुरु भएको प्रक्रियामा उम्मेदवारी दिने सदस्यहरुलाई पहिलेनै उम्मेदवारी फिर्ता गरेको निवेदनमा हस्ताक्षर गराईएको खुलेको छ । महाधिवेशनमा प्रतिनिधि बन्नका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा अग्रिम फिर्ताको निवेदनमा हस्ताक्षर गराएर ओली निकटका ८ जना सर्वसम्मत चयन भएको घोषणा गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

शुक्रबार मनोनयनको कार्यक्रम रहेकोमा उम्मेदवारी दर्ता गराउँदा नै सर्वसम्मतका लागि उम्मेदवारी फिर्ता गरेको कागज गराएर निर्वाचन समितिले ओली निकटका ८ जना सर्वसम्मत चयन भएको घोषणा गर्न थालेको हो ।

रुपन्देही क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधी हुनका लागि ५२ वटा उम्मेदवारी परेपछि सर्बसम्मत नेतृत्व चयन भएमा सहमत छु भन्ने सहमती पत्रमा हस्ताक्षर गराएर राखिएको एक एमाले कार्यकर्ताले बताए ।

निर्वाचन कमिटीले प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, पार्टी जिल्ला अध्यक्ष एवं बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, , तिलोत्तमा र सैनामैनाका नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्र बहादुर कार्की, प्रचार बिभाग प्रमुख मोहन चापागाई, बावुराम भटराई, गोपाल राना र बल बहादुर आचार्यलाई प्रतिनिधीको रुपमा सर्वसम्मत भएको घोषणा गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधी छनोट हुने क्षेत्र नं २ मा खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन गरिनेमा ५२ जनाले मनोनयन दर्ता गराएका थिए। त्यसैगरी महिला प्रतिनिधी तर्फ पनि सहमती गराउने प्रयत्न भई रहेको बताईएको छ।

करिव १७ हजार सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना प्रतिनिधि छनौेट हुने एमालेको बैधानीक ब्यवस्था छ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : १९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ