१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

च्यास्मिटारमा शिक्षण कार्यशाला, विद्यार्थीलाई रमाउँदै सिक्ने वातावरण सिर्जना गरिने



खोटाङ । बौद्धिक समूह नेपालले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पूर्वप्राथमिक र प्राथमिक तहको शिक्षणसम्वन्धी कार्यशाला गोष्ठी गरेको छ ।

पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकलाई बाल मनोविज्ञानमा आधारित शिक्षण क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय सामग्री प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधि अपनाउन उत्प्रेरित गर्न तीन दिने कार्यशाला गोष्ठी गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

विद्यार्थीलाई कक्षामा रमाउँदै सिक्ने वातावरण सिर्जना गर्दै शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ शैक्षिक कार्यशालाको आयोजना गरिएको बौद्धिक समूहले जनाएको छ ।

पूर्वप्राथमिक र प्राथमिक तह शिक्षाको जग भएकाले जगलाई बलियो बनाउन शिक्षकले विशेष मिहिनेत गर्नुपर्ने बौद्धिक समुह नेपालका उपाध्यक्ष बेलबहादुर रानाले जोड दिए ।

च्यास्मीटार माविमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा सहभागी शिक्षकरशिक्षिकालाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले कक्षाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधिका बारेमा सहजीकरण गरेकी छन् ।

कार्यशालामा वडाभित्रका बाल विकास केन्द्र, पूर्वप्राथमिक र प्राथमिक तहका ३८ शिक्षकरशिक्षिकाको सहभागीता थियो । कार्यशाला समापन कार्यक्रममा बौद्धिक समूह नेपालका अध्यक्ष राईले च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई छात्रबृत्तिमा पठन(पाठनको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

दशलाई सम्मान, पाँचलाई कदर

शिक्षण सम्वन्धी कार्यशाला समापन कार्यक्रमको अवसरमा बौद्धिक समूह नेपालले शिक्षा, समाज सेवा र पत्रकारिताका क्षेत्रबाट समाज परिवर्तनमा योगदान पुर्‍याउने दर्जनौं व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

समुहले सेवा निवृत्त भए पश्चात पनि शिक्षण पेशामा आवद्ध भएर आफ्नो गाउँ-ठाउँको शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने शिक्षक चिजबहादुर राई, कुलबहादुर अधिकारी, डिल्लीधन राई, शुक्रबहादुर राई, लम्बरबहादुर राई, समाजसेवी जनकराज राई, उपेन्द्र घिमिरे, च्यास्मिटार मावि, वडा कार्यालय र च्यास्मिटार उमावि भूतपुर्व विद्यार्थी तथा सरकोकार मञ्चलाई सम्मान प्रदान गरेको हो । व्यक्ति तथा संस्थालाई हलेसी तुवाचुङ नगरपालिकाका शिक्षा शाखाका संयोजक पदम कार्कीले प्रमुख अतिथिका रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

सितिमि मासिकका सम्पादक तिलक चाम्लिङ, पत्रकार दमन राई, खगेन्द्र राई (अमेरिका), प्रिया तिलुङ (अष्ट्रेलिया) र शुशिला राईलाई कदरपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ४६ बजे

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई