१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले, दिल्लीमा लकडाउनसम्मको तयारी



नयाँ दिल्ली । दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्ने भएका छन् । पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्नेछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।

प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपतकालिन कदम चाल्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएका हुन् । सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक परे लकडाउनसम्म गर्ने तयारी छ ।

‘सोमबारदेदिख बिद्यालयहरु भौतिक रुपमा सञ्चालन हुने छैनन्, ताकी विद्यार्थीले प्रदूषित वायु लिन नपरोस । आईतबारदेखि चार दिनसम्म कुनै पनि निर्माणजन्य कार्य हुनेछैन्, ’ केजरीवालले भने ।

त्यस्तै, निजी कार्यलयका कर्मचारीलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्न मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् । पछिल्लो एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपर्युक्त मानिन्छ । वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : १५ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित