१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

रौतहटमा भारतीय कार दुर्घटना, चार नागरिकको मृत्यु



काठमाडौं । रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ ।

सदरमुकाम गौर-चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु भएको हो । कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो ।

चन्द्रनगिाहपुरबाट गौरतर्फ रातिको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२ सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा गहिरो पोखरीको पानीमा डुबेको थियो ।

त्यसपछि कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भएको र हाल कसैको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ४० बजे

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई