७ आश्विन २०८३, बुधबार | September 23, 2026

म एमालेमै छु : द्वारिकालाल चौधरी



सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् ।

गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन् ।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगाएको बताएका हुन् । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’,  चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् ।

तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ०३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११