१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मुख्यमन्त्रीबाट हटाइएपछि पहिलो पटक पूर्व मुख्यमन्त्री पोखरेलको प्रदेशसभामा सम्बोधन, संसद चल्न नदिने चेतावनी



बुटवल । मुख्यमन्त्री पदबाट हटाइएपछि एमाले लुम्बिनी प्रदेश संसदीयदलका नेता शंकर पोखरेल पहिलो पटक प्रदेशसभामा देखिएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा नेता पाखेरेल मुख्यमन्त्रीबाट हटेपछि पहिलो पटक उपस्थित भएर सम्बोधन समेत गरेका हुन् ।

प्रदेशसभामा बोल्दै नेता पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने एमालेको धारणा दोहो¥याएका छन् । उनले एमालेले कारवाही गरेका दुई सांसदका बिषयमा निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नसक्ने बताएका हुन् ।

कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाइ नभएको भन्दै सांसदका बिषयमा निर्णय गर्ने अधिकार आयोगलाई रहेको उनले जिकिर गरे । पोखरेलले आफुहरुले उठाएको बिषयलाई प्रदेशसभाले गम्भीर रुपमा नलिएको आरोपलगाउँदै अहिले प्रदेश सरकारले बनाएको मन्त्रिपरिषद्मा एमालेका सांसदहरुलाई राखिएको तर्क गरे । प्रदेश सरकार र प्रदेशसभाले पनि कानून बाहिर गएर काम गरेको भन्दै आफुहरुको असन्तुष्टि रहेको उनले स्पष्ट पारे ।

हाल प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र एमालेको कुनै ह्वीप नलाग्ने बताउँदै आएका छन् भने स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको र पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताउदै आएका छन् । यसअघि पनि एमालेले निरन्तर प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : १० बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र