१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

काँग्रेस १४ औ महाधिवेशन : काँग्रेसले खटायो सात प्रदेशमा ७ जना काँग्रेस ‘कमाण्डर’



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा अधिवेशन हुन बाँकी रहेका स्थानहरु र प्रदेश अधिवेशनको कार्यलाई तिब्रता दिइएको छ । काँग्रेसको आज बसेको केन्दीय समितिको बैठकले महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोक्नुका साथै अधिवेशन स्थलहरु समेत निर्धारण गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले सातै प्रदेशका संयोजक तथा अधिवेशन स्थलको टुङ्गो लगाएको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्र बडूलाई संयोजक तोकिएको काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेस भित्र अस्तित्वमा रहेका ३ वटा गुटलाई भागबण्डा पुग्ने गरि सहमति जुटाएर निर्णय भएको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कार्यतालिका बमोजिम काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्न हाल प्रदेशको राजधानी रहेका स्थानहरुलाई नै तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने गरि निर्णय भएको प्रवक्ता शर्माले बताए ।

अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ०४ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,