८ माघ २०८२, बिहिबार | January 23, 2026

चिलिमेको नाफामा ६.०१ प्रतिशतको गिरावट



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पाँच दशमलव ४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १० दशमलव १७ प्रतिशत घटेको छ । तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३७ प्रतिशत घटी हो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नु परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १० दशमलव ९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी दुई रुपैयाँ २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : १४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा