३० चैत्र २०८२, सोमबार | April 13, 2026

यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए



काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍यो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उसले उपाधि जितेको हो।

अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो। यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो।

तर, यसपटक भने उसले ऐतिहासिक जितसँगै उपाधि जित्न सफल भयो। र, पहिलो पटक टी-२० विश्वकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। अस्ट्रेलियालाई पहिलो पटक टी-२० विश्व च्याम्पियन बनाउन यी पाँच खेलाडीको महत्वपूर्ण भूमिका छ।

डेभिड वार्नर

डेभिड वार्नरले न्युजिल्याण्डविरुद्धको फाइनलमा उत्कृष्ट ५३ रन बनाएका थिए। उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए। वार्नरले ३८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड पनि पाए।

मिचेल मार्स

कप्तान आरोन फिन्च मात्र पाँच रनमा आउट भएपछि ब्याटिङमा आएका मिचेल मार्सले डेभिड वार्नरसँग मिलेर अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए। उनले ५० बलमा छ चौका र चार छक्का प्रहार गर्दै ७७ रनको अविजित इनिङ्स खेले। र, कंगारू टोलीलाई टी–२० विश्वकपको पहिलो जित दिलाएका थिए। वार्नर आउट भएपछि पनि उनले अग्रता कायम राखे।

ग्लेन म्याक्सवेल

डेभिड वार्नरलाई आउट गरेपछि न्युजिल्यान्डको आशा फेरि बलियो भयो। तर, ग्लेन म्याक्सवेलले मिचेल मार्ससँगको उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए। मार्स र म्याक्सवेल अन्तिमसम्म विकेटमा रहे र टोलीलाई उपाधि दिलाए। म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २८ रनको उत्कृष्ट पारी खेले।

जोस हेजलवुड

जोस हेजलवुडले यो खेलमा उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा १६ रन दिएर तीन विकेट लिए। उनले ड्यारेल मिचेल, केन विलियम्सन र ग्लेन फिलिप्सलाई प्याभिलियनको बाटो देखाएका थिए। हेजलउडले विलियम्सनको क्याच छोडेका थिए। तर, पछि भने कीवी कप्तानलाई प्याभिलियन पठाए।

एडम जाम्पा

एडम जाम्पाले किवी टोलीका ब्याट्सम्यानलाई हात खोल्ने मौका दिएनन्। उनले चार ओभरमा २६ रन दिएर एक विकेट लिए। जाम्पाले मार्टिन गुप्टिललाई आउट गरे । गुप्टिलको यो विकेट अष्ट्रेलियाका लागि निकै महत्वपूर्ण थियो। किनकि यदि गुप्टिलले लय समातेको भए अष्ट्रेलियाले कठिनाइको सामना गर्नु पर्ने थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ५९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका