१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्याङ्जामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु अन्य एक घाइते



स्याङ्जा । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

गए राति करिब १०स्४० बजेको समयमा आँधीखोला गाउँपालिका वडा नम्बर ५ एकारायमा ग १ त ६४४० नम्बरको ट्याक्टर अचानक सडकको बायाँ साइडको नालामा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परि सोही ट्याक्टरको टायरले च्यापिएर भानु नगरपालिका वडा नम्बर (५ का ३८ वर्षीय सन्तोष गुरुङको मृत्युु भएको सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी बताए ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीका अनुसार सोही दुर्घटनामा परि भानु नगरपालिका वडा ५ का रेशम गुरुङ घाइते भएका थिए। उनको स्याङ्जामा सामान्य उपचार पश्चात् थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ०८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले