११ श्रावण २०८३, सोमबार | July 27, 2026

स्याङ्जामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु अन्य एक घाइते



स्याङ्जा । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने अन्य एकजना घाइते भएका छन् ।

गए राति करिब १०स्४० बजेको समयमा आँधीखोला गाउँपालिका वडा नम्बर ५ एकारायमा ग १ त ६४४० नम्बरको ट्याक्टर अचानक सडकको बायाँ साइडको नालामा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परि सोही ट्याक्टरको टायरले च्यापिएर भानु नगरपालिका वडा नम्बर (५ का ३८ वर्षीय सन्तोष गुरुङको मृत्युु भएको सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी बताए ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीका अनुसार सोही दुर्घटनामा परि भानु नगरपालिका वडा ५ का रेशम गुरुङ घाइते भएका थिए। उनको स्याङ्जामा सामान्य उपचार पश्चात् थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ०८ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न