११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ ।

सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ ।

नेप्सेका अनुसार सोमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ४५ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको