६ आश्विन २०८३, मंगलबार | September 22, 2026

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु



काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै निधन भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार आगलागीमा चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो ।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो । आगलागीमा परी चालक गम्भीर घाइते भएका थिए । उनलाई दिउँसो करिब १ बजे उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक स्वयंले बसमा आगो लगाएको देखिएको छ । घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

घटनाको वास्तविक कारण तथा आगलागीको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : १२ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत