८ बैशाख २०८१, शनिबार | April 20, 2024

बार-न्यायाधीश छलफल : पाँच न्यायाधीस अनुपस्थित भएपछि बैठक निस्कर्षबिहीन



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीस र कानून व्यवसायीहरु बीचको छलफल निष्कर्षविहीन बनेको छ ।

न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी र सर्वोच्चका न्यायाधीसहरुबीच सोमबार दिउँसो न्यायाधीसहरुको च्याम्बरमा छलफल भएको थियो ।

छलफलमा बारका पदाधिकारीले आन्दोलनको आफ्नो अडान राखेका थिए । तर न्यायाधीशहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । छलफलमा सहकर्मी केही न्यायाधीशहरु उपस्थित नभएपछि उनीहरुले ‘अहिले केही नबोलौ, सबै साथीहरुसँग सल्लाह गर्नुपर्छ’ भनेर बारका पदाधिकारीलाई जवाफ दिएका थिए ।

न्यायाधीशहरुसँग छलफल गर्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणी पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे गएका थिए ।

छलफलमा सहभागी सर्वोच्च बारका अध्यक्ष शाक्यले सबै न्यायाधीश उपस्थित नहुँदा कुनै निष्कर्ष निस्किन नसकेको बताए । ‘सबै न्यायाधीसहरु आज आउन पाएनन् । ९/१० जना मात्रै थिए । हामीले हाम्रो बटमलाइनको कुरा राख्यौं । कुनै हालतमा प्रधानन्यायाधीसको एक्जिट नै हाम्रो अन्तिम लक्ष्य हो । अरु विषयमा कुरा हुँदैन भन्ने कुरा राख्यौं’, उनले भने, ‘भोलि सबै १९ जनासँगै मिटिङ गर्ने कुरा भएको छ । भोलि साढे १२ बजेतिर हामी फेरि बस्छौं ।’

शाक्यका अनुसार न्यायाधीसहरुले ‘सबैजना उपस्थित नभइकन के कुरा गर्नेर ? साथीहरु हुनुहुन्छ । उहाँहरुलाई नछुटाउ’ भनेर जवाफ दिएका थिए । न्यायाधीसहरुले आफूहरुका कुरा गम्भीरतापूर्वक सुनेको उनले बताए । भोलि न्यायाधीसहरुसँग केही टुंगो लाग्ने शाक्यको भनाइ छ ।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले पनि ११ जना छलफलमा सहभागी भएको जानकारी दिइन् । अरु न्यायाधीस अनुपस्थित भएको उनले बताइन् ।

सर्वोच्च स्रोतकाअनुसार बारसँगको बैठकबारे जानकारी भए पनि न्यायाधीसहरु कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल सहभागी भएनन् । उनीहरु प्रधानन्यायाधीससँग वार्ता गर्नुपर्ने पक्षमा छन् ।

प्रधानन्यायाधीस जबराले सोमबारै विधिसम्मत वार्तामा आउन आन्दोलनरत पक्षलाई आह्वान गरिसकेका छन् । उता बारले आइतबार विवादित प्रधानन्यायाधीस जबराले तोकेका इजलास नहेर्न सबै न्यायाधीसलाई पत्र पठाइसकेको छ । बारले प्रधानन्यायाधीस जबरासँग वार्ता नगर्ने र उनले राजीनामा दिएपछि न्यायालय शुद्धीकरणका लागि नयाँ नेतृत्वसँग वार्ता गर्ने घोषणा गर्दै जबराको वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ५२ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस