७ भदौ २०८३, आइतबार | August 24, 2026

बार-न्यायाधीश छलफल : पाँच न्यायाधीस अनुपस्थित भएपछि बैठक निस्कर्षबिहीन



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीस र कानून व्यवसायीहरु बीचको छलफल निष्कर्षविहीन बनेको छ ।

न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी र सर्वोच्चका न्यायाधीसहरुबीच सोमबार दिउँसो न्यायाधीसहरुको च्याम्बरमा छलफल भएको थियो ।

छलफलमा बारका पदाधिकारीले आन्दोलनको आफ्नो अडान राखेका थिए । तर न्यायाधीशहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । छलफलमा सहकर्मी केही न्यायाधीशहरु उपस्थित नभएपछि उनीहरुले ‘अहिले केही नबोलौ, सबै साथीहरुसँग सल्लाह गर्नुपर्छ’ भनेर बारका पदाधिकारीलाई जवाफ दिएका थिए ।

न्यायाधीशहरुसँग छलफल गर्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणी पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे गएका थिए ।

छलफलमा सहभागी सर्वोच्च बारका अध्यक्ष शाक्यले सबै न्यायाधीश उपस्थित नहुँदा कुनै निष्कर्ष निस्किन नसकेको बताए । ‘सबै न्यायाधीसहरु आज आउन पाएनन् । ९/१० जना मात्रै थिए । हामीले हाम्रो बटमलाइनको कुरा राख्यौं । कुनै हालतमा प्रधानन्यायाधीसको एक्जिट नै हाम्रो अन्तिम लक्ष्य हो । अरु विषयमा कुरा हुँदैन भन्ने कुरा राख्यौं’, उनले भने, ‘भोलि सबै १९ जनासँगै मिटिङ गर्ने कुरा भएको छ । भोलि साढे १२ बजेतिर हामी फेरि बस्छौं ।’

शाक्यका अनुसार न्यायाधीसहरुले ‘सबैजना उपस्थित नभइकन के कुरा गर्नेर ? साथीहरु हुनुहुन्छ । उहाँहरुलाई नछुटाउ’ भनेर जवाफ दिएका थिए । न्यायाधीसहरुले आफूहरुका कुरा गम्भीरतापूर्वक सुनेको उनले बताए । भोलि न्यायाधीसहरुसँग केही टुंगो लाग्ने शाक्यको भनाइ छ ।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले पनि ११ जना छलफलमा सहभागी भएको जानकारी दिइन् । अरु न्यायाधीस अनुपस्थित भएको उनले बताइन् ।

सर्वोच्च स्रोतकाअनुसार बारसँगको बैठकबारे जानकारी भए पनि न्यायाधीसहरु कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल सहभागी भएनन् । उनीहरु प्रधानन्यायाधीससँग वार्ता गर्नुपर्ने पक्षमा छन् ।

प्रधानन्यायाधीस जबराले सोमबारै विधिसम्मत वार्तामा आउन आन्दोलनरत पक्षलाई आह्वान गरिसकेका छन् । उता बारले आइतबार विवादित प्रधानन्यायाधीस जबराले तोकेका इजलास नहेर्न सबै न्यायाधीसलाई पत्र पठाइसकेको छ । बारले प्रधानन्यायाधीस जबरासँग वार्ता नगर्ने र उनले राजीनामा दिएपछि न्यायालय शुद्धीकरणका लागि नयाँ नेतृत्वसँग वार्ता गर्ने घोषणा गर्दै जबराको वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ५२ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना