२० माघ २०८२, मंगलबार | February 3, 2026

समाजवादको आधार तयार पार्न पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह



काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारलाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता रहेको बताए ।

उनले प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रुपमा काम गर्न समेत आग्रह गरे । यस्तै उनले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति राससलाई आग्रह गरे ।

जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रको रुपमा रहेको राससलाई थप परिस्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधै तयार रहेको उनले बताए ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन दिए ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका उनले जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

युद्धको जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको पक्षमा प्रतिवद्ध भएर कलम चलाउनुका साथै गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कृष्णसेन इच्छुक जस्ता शहिदको बलिदानले स्थापित भएको संगठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : १३ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि