२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

गोपालसिद्ध किरानाका सञ्चालक कृष्ण पोखरेल अबैध सामान सहित पक्राउ



बुटवल । बुटवल क्षेत्रमा किराना व्यवसायमा सफल व्यवसायीको पहिचान बनाएको नेपालगन्ज रोडमा सञ्चालनमा रहेको गोपाल सिद्ध किराना स्टोर्सले गैरकानुनी काम गर्दै आएको खुलासा भएको छ । ग्रोसरी तथा किरानाको थोक ब्यापार गर्दै आएका गोपाल सिद्ध किराना स्टोर्सका संचालक कृष्ण प्रसाद पोखरेल अवैध कारोबार गरेको अभियोगमा पक्राउ परेसँगै गोपाल सिद्धको अबैध कारोबारको खुलासा भएको हो ।

पोखरेलको पसलबाट नेपाल सरकारले प्रतिबन्ध लगाएको ३ लाख मुल्य बराबरको भारतीय रेडबुल प्रहरीले बरामद गरेको छ । गोपाल सिद्धको गोदाममा लुकाई छिपाई राखिएको ११७ कार्टुन प्रतिबन्धित रेडबुल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवल समेतको संयुक्त टोलीले पोखरेलको पसलमा छापा मार्दा सो परिमाणको प्रतिबन्धित रेडबुल फेला परेको रुपन्देही प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए ।

अबैध भारतीय रेडबुल सहित संचालक पोखरेललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया चलान गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ०९ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ