१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सर्वोच्च अदालतका न्यायाधीश र बार पदाधिकारीहकाबीच आज पनि छलफल



काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश तथा आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच दोस्रो दिन पनि छलफल सुरु भएको छ । अदालतमा जारी विवाद र आगामी कार्ययोजना बनाउन भन्दै सोमबार देखि उनीहरुले छलफल सुरु गरेका हुन् ।

आजको छलफलमा आगामी दिनमा कसरी बढ्ने भन्नेबारे न्यायाधीशहरुले आफ्नो धारणा राख्ने बताइएको छ । सोमबारको बैठकमा बारका पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए भने आज न्यायाधिशहरुले धारणा राख्ने तय भएको थियो । प्रधानन्यायाधीशले वार्तामा आउन बारलाई आह्वान गरेलगत्तै बारले सोमबार पनि बैठक राखेको थियो ।

आजको छलफलमा पनि ५ न्यायाधीशको सहभागिता रहेको छैन । उनीहरुले न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ । यद्देपी प्रधानन्यायाधीश कित्तामा गएको भनिएका ५ न्यायाधीसले पनि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् ।

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १ : ३१ बजे

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै