६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारतबाट लाखौंको धनमाल चोरी गरेर फर्कँदै गरेका २ जना नेपाली प्रहरीको फन्दामा



कञ्चनपुर । भारतबाट धनमाल चोरी गरेर फर्कँदै गरेका २ नेपाली युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलिले कञ्चनपुर बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षिय लाल बहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षिया बिष्णु शाहीलाई पक्राउ गरेको हो ।

उनीहरुले भारतबाट चोरी गरि इलेक्ट्रोनिक सामान, बिभिन्न देशका नगद तथा गरगहना चारी गरेर नेपाल आएको सूचनाका आधारमा सशस्त्र प्रहरीको समेत सहयोगमा उनीहरुलाई पक्राय गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका २ जनाबाट डेल कम्पनीको ल्यापटप १ थान, एप्पल ल्यापटप ३ थान, भारतीय रुपैयाँ ४३ हजार ९००, हङकङ डलर ४०, थाई भाट १ हजार २६०, अमेरिकन डलर १ हजार ५, क्यानेडियन डलर २ हजार ८१०, मेलेसियन रिंगिट २३, सिङ्गापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३० र चाईनिज युयान १६१ बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट पत्थर सहितको सुनको गहना १४७१.१८ ग्राम, सुनका गहना ४३९.८९ ग्राम र बहुमुल्य पत्थरहरु १ केजी ९९८.४१ ग्राम बरामद भएको छ ।

पक्रउा परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय बिलौरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : २५ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र