११ कार्तिक २०८३, बुधबार | October 28, 2026

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित



सिन्धुपाल्चोक । मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् ।

बाह्रबिसे नगरपालिका-६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।

आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका-५ का अध्यक्ष बेलबहादुर रोक्काले चेतावानी दिएका छन ।

बाह्रबिसे नगरपालिका-६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताए । उनले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह गरेका छन । यदि माग पूरा नगरी प्रभावितलाई बेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावानी दिएका छन ।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनाका दोभाषेका रूपमा काम गर्दै आएका गोबिन्द पौडेलले आयोजनाभित्र मनपरी काम गरेको, कवाडी सामान अनधिकृत रूपमा बेचबिखन गर्दै आएको, चिनियाँ ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दै आएको, आयोजना र चिनियाँ ठेकेदारबीच द्वन्द्व मच्चाएको लगायतका आरोप लगाए ।

यस्ता धेरै गुनासो नगरपालिकामा उजुरी आएकाले उक्त समस्या समाधान गर्न हाइड्रोपावरलाई उनले आग्रह गरे । यदि समस्या समाधान नगरेमा नगरपालिकाले हस्तक्षेप गरेर समाधानमा लाग्ने प्रमुख शेर्पाले चेतावनी दिएका छन । आजको गोरखापत्र दैनिकमा चित्र मिजारले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : २३ बजे

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते