१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

लोप हुँदै थारू समुदायको मेडरी नाच



कावासोती । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ ।

थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरुले चासो नदिएको थारू अगुवाहरू बताउँछन् । दैवीशक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ । अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ । पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो । पछिल्ला समय युवापुस्ताले चासो नदेखाउँदा मेडरी नाच लोप हुने अवस्थामा पुगेको पुष्परत्न महतो बताउँछन् ।

थारूको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको महतोको भनाइ छ । ‘पहिले-पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले चासो देखाउन छाडे’, महतोले भने, ‘अहिले नाच हराउँदै थाल्यो ।’

मेडरी नाच कृष्णलीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभारत नाच र रामलीलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुन्छ । यस नाचमा कम्तीमा १०० र बढीमा १५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गर्दछन् । मेडरी नाच्दा मादल, झ्याली, तरबार र लट्ठीको प्रयोग गरिन्छ । नाचमा विशेषतः पुरुषहरू सहभागी हुने गर्दछन् । नाच सञ्चालन गर्नका निम्ति जनशक्ति धेरै र खर्चिलो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुने गरेको महतो बताउँछन् ।

पछिल्लो समय जिल्लामा कुनै विषेश अवसरमा पाकापुस्ताले मेडरी नाच प्रस्तुत गर्ने गरेको महतो बताउँछन् । ‘धरै जना चाहिने हुँदा नाच देखाउनै समस्या छ, मान्छे पुर्‍याउनै गाह्रो छ, खर्च पनि उत्तिकै लाग्छ, तर पनि जसोतसो कहिलेकाहीँ देखाउने गरेका छौँ’, उनले भने । रासस

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : २९ बजे

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा