३ पुस २०८२, बिहिबार | December 18, 2025

न्यायालयको गतिरोधमा सरकार मुकदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने ।

एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ ।

सिंहले सभापति शेरबहादुर देउवा पार्टी संचालनमा असफल भइसकेको आरोप लगाए । उनले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गरे ।

कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ।

सिंहले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको जिकिर गरे ।अहिले देशमा सरकार रहेकोले सरकारविहीनअवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आसन्न अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ३३ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र