२२ असार २०८३, सोमबार | July 6, 2026

न्यायालयको गतिरोधमा सरकार मुकदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने ।

एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ ।

सिंहले सभापति शेरबहादुर देउवा पार्टी संचालनमा असफल भइसकेको आरोप लगाए । उनले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गरे ।

कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ।

सिंहले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको जिकिर गरे ।अहिले देशमा सरकार रहेकोले सरकारविहीनअवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आसन्न अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ३३ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ