३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । विपक्षमा २९ मत परेको छ ।

मतदानपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएकोले राईले विश्वासको मत पाएको घोषणा गरे ।

राईलाई गठबन्धनका उनको दल नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन रहेको थियो ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।

मुख्यमन्त्री राईले विश्वासको मत हासिल गरे पछि सभामुख भण्डारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ०२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका