२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । विपक्षमा २९ मत परेको छ ।

मतदानपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएकोले राईले विश्वासको मत पाएको घोषणा गरे ।

राईलाई गठबन्धनका उनको दल नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन रहेको थियो ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।

मुख्यमन्त्री राईले विश्वासको मत हासिल गरे पछि सभामुख भण्डारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ०२ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।