८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लाग्छ : मुख्यमन्त्री राई



संखुवासभा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताए ।

नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।

विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताए । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ५४ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस