६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर



लाहोर । पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ । वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो ।

बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ । पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ ।

सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् । प्रदूषणका कारण आत्तिएका उनीहरुले वायु स्वच्छ गर्न माग गर्दै सरकारी अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेका छन् । तर, अधिकारीहरुले लाहोरको प्रदूषणको दोष छिमेकी भारतलगायतका देशहरुबाट फैलिएको धुवाँलाई दिँदै आएका छन् ।

‘बालबालिकाहरुले श्वासप्रश्वासजन्य रोग अनुभव गरेका छन् । भगवानका निम्ति भए पनि समाधान खोज,’ स्थानीय मजदुर मुहमद सइदले भने ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : १४ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा