३० चैत्र २०८२, सोमबार | April 14, 2026

प्रधानन्यायाधीस विरुद्ध आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

केहिदिनयता निरन्तर धर्नामा बस्दै आएका कानून व्यवसायीहरुमाथि प्रहरीले आज बल प्रयोग गरेको हो । प्रधानन्यायाधीस जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भन्दै उनी छिर्ने गेटमै धर्ना दिने क्रममा प्रहरीले बल प्रयोग गरेको हो ।

नियमित छिर्ने गेटमा धर्ना हुँदै आएपछि जबराले वैकल्पिक गेट प्रयोग गर्दै आएका थिए । आज कानून व्यवसायीहरुले सो गेटमा पनि धर्ना बस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो । त्यसक्रममा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुले आरोप लगाएका छन् ।

यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीसहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् ।

असन्तुष्ट न्यायाधीसहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : २२ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका