८ बैशाख २०८१, शनिबार | April 20, 2024

कपिलवस्तुमा हैजा विरुद्ध १० दिने खोप अभियान सञ्चालन गरिँदै



बुटवल । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि १२ गतेसम्म १० दिन अभियानका रुपमा हैजा विरुद्धको खोप सञ्चालन गरिने जानकारी दिएको हो । मन्त्रालयले डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिईने निर्णय भएको जनाएको छ ।

कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि फैलिएको झाडा पखालामा हैजाको जिवाणु भेटिएपछि शतर्कता अपनाइएको हो । हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्ने छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न सक्ने बताइएको छ । कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखला हैजा हो भन्ने प्रमाणित भएको र पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको अनुमान गरिएको थियो ।

मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरीन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाईका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए । कपिलवस्तुमा जस्तै प्रकृतिको हैजा केहिवर्ष पहिले नेपालगन्जमा फैलँदा समेत यही बिधि अपनाएर नियन्त्रणमा लिइएको मन्त्रालयले स्मरण गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ०६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल