२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सातौं धारा नेपालगञ्ज म्याराथन : बढ्यो पुरस्कार राशी



नेपालगञ्ज । सातौ धारा नेपालगञ्ज म्याराथनको पुरस्कारमा बृद्धि गरिएको छ । म्याराथन सञ्चालन हुन २ दिन बाँकी रहँदा आयोजकले पत्रकार सम्मेलन मार्फत पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो ।

बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा नेपालगञ्ज म्याराथनका संस्थापक⁄अध्यक्ष टीएस ठकुरीले बृद्धि गरिएको नगद पुरस्कार घोषणा गरे ।

नयाँ निर्धारण भएको पुरस्कार राशी अनुसार म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।

ठकुरीका अनुसार हाफ म्याराथन महिला तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।

त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

कार्यक्रममा बोल्दै मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले म्याराथन विजेतालाई अन्तर्राष्ट्रिय सहभागि हुन लायक खेलाडीका हकमा बर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न आफुहरु सदैव तत्पर रहेको घोषणा गरे। महाप्रबन्धक छाजेडले म्याराथनमार्फत आफ्नो उत्पादनको ब्रान्डिङमा समेत टेवा पुगेको हुँदा निरन्तर साझेदारी गरिरहेको बताए ।

शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथराले सातौं धारा नेपालगञ्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग हुने आश्वासन दिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले नेपालगञ्ज म्याराथनको व्यवस्थापकीय बिशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं बर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।

यसपटकको म्याराथनमा नेपाली सिने जगतका महानायक राजेश हमालले म्याराथनको लिड गर्नेछन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ३८ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री