३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाली काँग्रेस १४ औ महाधिवेशन :  नेपालगन्ज नगर सभापतिमा देउवा प्यानलका प्रशान्तसँग उपमेयर उमा थापा मगर पराजित



नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा चर्चामा रहेकी नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापालाई भारी मतले हराउँदै नगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् । नगर समितिका लागि भएको निर्वाचनमा थापाले प्राप्त गरेको ७६ मतको विरुद्ध विष्टले २४३ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।

नेपालगन्जमा देउवा र पौडेल पक्षबाट छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी परेकोमा देउवा पक्षको प्यानल नै विजयी भएको छ । उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उपमेयर थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेका थिए ।

नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो । उक्त निर्वाचनमा संस्थापन पक्ष९देउवा पक्ष०ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडी बढाएको थियो, भने संस्थापन पक्षकै रिजालले पनि आफ्नो प्यानल खडा गरेका थिए । संस्थापन इतर पक्षबाट थापाले आफ्नो प्यानल बनाएकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका