७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी



काठमाडौँ । अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिकहरु जुटेका छन् । ‘नेपाली स्याट-२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट-१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

सबै काम निर्धारित समयमा सम्पन्न भए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को छ । नास्टको सहयोगमा डा। आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिकहरु भूउपग्रह निर्माणमा तल्लीन छन् । यसअघि जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट-१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । यसपटक भने नेपाली इन्जिनियरहरुले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ ।

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।” उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

डा। मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा. मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।”

डा। मास्केका अनुसार यस मिसनअन्तर्गतको स्याटेलाइटको प्लेलोड बोर्ड (पीसीबी) नेपालमै निर्माण गरिने छ । यस पीसीबीमा पीएक्स-४ अपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) मोनिटरिङ रहने छन् । यो व्यावसायिक स्याटेलाइटभन्दा अनुसन्धानात्मक क्षेत्रमा उपयोग हुने खालको स्याटेलाइट भएको डा. मास्केले बताए । यस्ता परियोजनाले अन्तरिक्ष प्रविधिमा नेपाली युवालाई आकर्षित गर्ने उनको तर्क छ । प्रवक्ता ढुङ्गेलका अनुसार यो स्याटेलाइटले आगलागी, डढेलो र बाढीपहिरोलगायतका मौसमसम्बन्धी जानकारी तस्बिरबाट दिने छ । जसबाट मौसमसम्बन्धी पूर्वजानकारी सजिलै लिन सकिन्छ ।

यसपटक थाइल्यान्डको एजेन्सीसँग नास्टले सहकार्य गर्दैछ । नास्टका अनुसार इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्सटेड) सँगको सहकार्यमा स्याटेलाइट निर्माण गर्ने तयारी भइरहेको छ । यो परियोजना स्याटेलाइट क्षेत्रमा नेपालीको क्षमता अभिवृद्धि गर्ने योजनाअनुरूप निर्माण हुन लागेको हो ।

‘नेपाली स्याट-१’ भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खस्यो । नास्टका अनुसार अन्तरिक्षमा रहँदा यस भूउपग्रहले पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो । यो भूउपग्रह नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘नेपाली स्याट-१’ भूउपग्रह स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभास मास्के र नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठले बनाएका थिए । आजको गोरखापत्र दैनिकमा अजय शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : १२ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ