११ श्रावण २०८३, सोमबार | July 27, 2026

आज गुरु नानक जन्मजयन्ती मनाइँदै



काठमाडौं । शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३ औं जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् ।

गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । यस स्थानलाई अहिले ननकाना भनिन्छ । गुरू नानक शिख धर्मावलम्बीका प्रथम गुरूसमेत हुन् । उनलाई उनका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन् ।

सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए । उनी ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति थिए । उनले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ । यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन् ।

उनको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उनले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरू अंगददेवलाई जिम्मा लगाएका थिए ।

भारतको पंजाबमा रहको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दैै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : १६ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला