२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कमला नदीमा भूतमेला : धामीझाँक्रीको घुइँचो



सिरहा । कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्छन् ।

सूर्योदयसँगै एकाबिहानै हजारौँ नवधामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरूद्वारा शपथ लिने काम सम्पन्न भएको छ । बिहीबार रातिबाटै कमलानदी कनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ-आफनो इष्ट देवताको हरुको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्त कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न आएको झाँक्री झवु गोईतले बताए । उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको आजको दिन घुईँचो लाग्ने गरेको बताए ।

आफ्नो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नान गरी सपथका लागि आएका हुन् । कमला नदीमा आएर सपथ लिए पश्चात नवधामीझाक्री पाको हुने झाँक्री जगरनाथ साहले बताए ।

सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत भारतका दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौँघण्टाको बाटो पैदल गएर स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा रमाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ५५ बजे

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने