पाल्पा । पाल्पामा माछा मार्न छाडिएको विद्युत्को करेन्ट लागेर एक युवतीको मृत्यु भएको भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ तासियलकी ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट सर्दी खेतमा गएकी सुमित्रालाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा-२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् ।



















प्रतिक्रिया