१ पुस २०८२, मंगलबार | December 16, 2025

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लबबीच हुँदैछ ।

हिमालयन शेर्पा र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्रि स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरूवात सुखद बनाउन चाहन्छन् ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ भने च्यासलको कप्तानी बिराज महर्जनले गर्ने छन् । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज