७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रणयिनि (भाग-३)



एकाकार जीवनको प्रेमिलो अध्याय

कमलको बुवाले छोरालाई बजारको स्कूलमा पढाउने भनेर गाउँबाट बजारमा सपरिवार बासान्तरण गराउनु भयो । त्यसैले दुई बर्ष अघि कमलको पढाई गाउँबाट सरेर बजारको त्रिभूवन माध्यमिक विद्यालयमा भैसकेको थियो ।
दुई बर्षपछि विमल,म र सुभद्रा पनि हाम्रो विद्यालयको अन्तिम पढाई सकेर छ कक्षाको खुट्किलो चढ्न बजारको सोही मा वि मा स्थानान्तरण भयौँ । जहाँ कमल कक्षा आठमा अध्ययनरत थिए ।

जिन्दगीलाई खेलाउन आएको समय । समयको पदचापसंगै डोरिएको जिन्दगी । समयलाई डो¥याउदै घुमेको सूर्य जस्तै चढाव,उतारको हाम्रो जिन्दगी । तनको विकास,मनको विकास,बुद्धिको विकासबाट पुष्टिदै हाम्रो तारुण्यता फक्रिएर रसिलो भएछ,लाली गुराँसको पूmल जस्तै, मल–सिँचाई पुगेको धान,गहुँको बाला जस्तै लहलह ।

कथाकार

संगै पढ्ने विष्नादिदी,काइलीदिदीहरुको उमेरमा बैंस चढेपछि पखेटा फट्कारेर पहिले नै अन्तै लागे, मन ठोक्किएको जोडी भेट्टाएर ।
कुलेको पढाईको गति प्राथमिक तहमै ताल्चा लाग्यो, घरको अर्थले नधानेर ।

उमेर र कक्षाको तहमा म भन्दा दुई बर्ष सिनियर थिए,कमल । त्यो दुई बर्षको अन्तरालमा सुस्ताएको कमलसंगको मेरो मित्रताले पुनर्ताजगी हुने अवसर पायो । त्यसपछिको हाम्रो प्रेमको प्रगाढता, वशन्तको पालुवाबाट गृष्म हुँदै मलिलो धर्तिमा जेलिएका जराहरुबाट फैलिएको बर्षाकालीन हरियाली रुख जस्तै झाँगिलो हुँदै आयो । कक्षा फरक भए पनि, मन एक ठाउँ । बास फरक भए पनि आत्मा एक ठाउँ । दृष्टि पुग्ने ठाउँ झरक भए पनि भावना एक ठाउँ ।

अध्ययनकाल बाहेक हाम्रो भेट, भौतिक रुपमा पातलिए पनि मानसिक रुपमा हामी संगै हुन्थ्यौं । हाम्रो यो भेटलाई न दिनले छेक्न सक्थ्यो,न रातले,न कुनै बारले । उमेर र दूरीले हाम्रो जलक्रिडा पातलिए पनि प्रेमको क्रिडा गहिराइतिर हिडेको थियो । बाललीलाको जगबाट हुर्किएको हाम्रो प्रेमको सिलसिला । हजारी फूलको थुङ्गा जस्तै झाँङ्गिलो थियो,बैँशालु वासनाले रङ्गिएको हाम्रो जीवन । कक्षाकालपछि सिकाई माग्ने र सिकाउने सहयोग, केवल शब्दावरण थियो,हाम्रो ।

झाङ्गिदै गएको प्रेमिलो सामिप्यतामा मलाई कता कता मेरो जीवनमा काउकुतिको आभास हुन थालेको थियो । फक्रेको फूलवाट निस्केको यौवनको वासनाले मेरो शरीरलाई कुत्कुत्याएको थियो । शायद, आम मानव जीवनको नैसर्गिक,स्वभाविक प्र्राकृतिक नियम होला । विपरित लिङ्गीको आकर्षण प्रेम लीला । मेरी समलिङ्गी सखी विमलासंगको साथ भन्दा कमलसंगको साथमा आकाश जमिनको फरक अनुभूत हुन थालेको थियो,मलाई । कमलसंगको सामिप्यतामा शरीर स्पन्दित हुने सुमधुर वासना पनि पाएँ मैले । त्यो वासनामय सम्मोहन थियो । शायद प्लस माइनस दुई शक्तिको योगफलबाट नयाँ वस्तुको सृष्टि हुने प्राकृतिक नियम भएकोले होला ।

परिथ्तििले हामीलाई तत्काल सेतो सिसाको वार पार राखे तापनि हाम्रो प्रेम, ढुङ्गा जस्तो बज्र थियो,सदृश । रात्रीको सपना र दिवाको कल्पनाभरि केवल उनकै तस्वीरमा हुन्थेँ, म । फुलेको फूल र खुलेको वाणी, स्वच्छ आत्माको प्रतिरुप । मेरो बा विभेदको राँको बाल्ने रुग्ण प्रवृत्तिको नभए तापनि । मेरो भावनामा बसेको थियो, कमलको मुखबाट जीवन एकाकार पार्ने औपचारिक वाणी खुलोस । यद्यपी कमलको मौनतामा जातीय आशंका भाव अल्झिएको होकि ? भन्ने लाग्यो । म बाउनकी छोरी उनी क्षेत्रीको छोरा । मैले उनको आशंकाको बार भत्काउने प्रयास गरेँ,एकान्त भेटमा–

लेकै फुल्यो लाली गुराँस,औलै फुल्यो टाँकी,
हित्त मिले चित्त मिले,केमा रह्यो बाँकी ।
तर्क राम्रो नभएमा काम लाग्दैन बात,
प्रेम भन्दा कबै ठूलो हुदैन है जात ।
नारीको सौन्दर्य त्यै हो,शिरको रिवन,
प्रेमै हो आत्माको मिलन,प्रेमै हो जीवन ।
सानो ठूलो जात हैन,विचार उच्चता,
बुझेकीछु उद्देश्य यौटै मिलनको सार्थकता ।
साटौँला प्रेमको फूल,गासौंला पिरति,
उता डोको मै थापौंली के भयो आपत्ति ?

मेरो उपरोक्त काव्य संकेतले उनको मौनतालाई गिज्याएछ क्यारे प्रफुल्ल हुँदै निःशंकोच नूर उचाल्दै कमलले मुसुक्क मुस्कुराउँदै यसरी गौरवको वास्ना छरे–
निदाएको त काँ थिएँ र म, वाक्य फुल्न नपाको मात्र हो ।
मनले ताकेको,फूल टिप्नलाई,शंकोचले बार हालेको मात्र हो ।
दिलमा बसेकी मैना चरीलाई, अँगालोमा राख्न मन लाकै हो ।
हृदयकी बालसखी प्रणयिनीसंग जीवन गाँस्न मन भाकै हो ।

“प्रिय प्रणयिनी ! तिम्रो त्यो अमृतमय काव्य मीष्ठान्नले मलाई झन मोहित बनायो, भावुक बनायो । साहसको उर्जा पनि पलायो । धन्य प्रिय,तिम्रो महान आत्मलाई सलाम छ ।

निश्चय नै । भेद नै अशान्ति र विग्रहको जरो हो । सामञ्जस्यवाद नै मेरो मूल्याङ्कनको समाजवाद हो । मेरो सन्देहको भ्रुण सफा पा¥यौ तिमिले । अब हामी अलग डालीको पंक्षी हैन,एउटै गुणमा सम्मोहित होआँै । जीवनलाई नयाँ अध्ययायबाट सुरु गरौँ, प्रेमलाई साकार रुप दिन । स्त्री–पुरुषको चिरस्थायी सम्बन्ध– विवाह ।

यसरी मैले मेरो समाजलाई कोल्टे पार्दै ब्राह्मणवादलाई तिलाञ्जली दिएर हाम्रो बाल्यकालको एक झुल्को साम्यवादलाई मूर्तता दिन म उनीप्रति समर्पित भएँ, बिष्ट क्षेत्रीसंग,आचार्य बाउनकी छोरी ।

मेरो माइतीको पटाक्षेपमा रहेर स्कूलकै कोठामा दुदाहापट्टीका परिवार र गुरुजी तथा साथीहरुको समुपस्थितिमा हाम्रो विवाहको औपचारिकता पूरा भएको थियो । कमलले मेरा लागि यथेष्ट लुगा गहना जोडजाम पारिसकेका रहेछन् । म त्यही नयाँ भेषभुषा, आभूणमा सजिएकी दुलही बनेर विवाह मण्डपमा बसेँ । अनि कमलकी पत्नीको रुपमा जीवन एकाकार भएर कर्मघर गएँ । मानौं विधिवत रुपमा मेरो जिन्दगीको रुपान्तरण भयो । सुश्रीबाट श्रीमती, आचार्य बाउनबाट बिष्ट क्षेत्री,एकलबाट दोकल,दम्पती,अभिन्न जीवनसाथी ।

हाम्रो नव दाम्पत्य जीवनको सहबासको पहिलो त्यो रात । हामी दुबैको जिन्दगीको गुप्त उत्कर्षको रात । मानौं, हनिमूनको त्यो रात । जीवनको नयाँ अनुभूतिको रात । पहिलो दिनको अनुभवले मलाई बिष्नादिदीले त्यस दिन भनेको “कुर”शब्दको याद आयो । उनले भनेको त्यो त मसंगै रहेछ । अचानक मेरो मुखबाट अलिकति खित्का फुत्किएछ,त्यो विगत सम्झेर । कमलले मुखमा मुख जोडदै भने–कुनै स्मृति व्यूँझिए जस्तो छ नि डार्लिङ्ग ? मैले विष्णादिदीले भनेको बाललीलाको कुरा सप्पै भनिदिएँ । हाम्रो रोमाञ्चक रतिराग झनै उत्कर्षमा पुग्यो ।
०००

यसरी एकाकार भएको हाम्रो दाम्पत्य जीवन अत्यन्त आह्लादपूर्ण थियो । माया गर्ने सासु ससुरा हुनुहुन्थ्यो । आस्था र श्रद्धा गर्ने नन्द । हामी दुई जनाको सल्लाह र सहमति अनुसार उनी शिक्षण पेशामा आवद्ध भए । उनको नीति थियो–“ आफूले प्राप्त गरेको ज्ञानलाई कुनै न कुनै माध्यमद्वारा अरुलाई पनि बाँड्नुपर्छ । साधा जीवन उच्च विचार राखेर नैतिक ज्ञान,मानवता तथा मानव अधिकार र नागरिकको मौलिक अधिकारको ज्ञान,सत्यनिष्ठता, सिर्जनशीलता,परोपकारिता र निर्भीकता लगायतका विचारहरु विद्यार्थी मार्फत बाढ्न पाउनु राम्रै कुरा हो । पाठ्यपुस्तकका अतिरिक्त आफूसंग भएको ज्ञान,अनुभव र उच्च विचारहरु बाड्नु पर्छ । ठोस वस्तु बाँड्दा आयतन घट्दै जान्छ,तर ज्ञान जति बाँड्यो उति तन्किन्छ,बढ्दै जान्छ ।” भन्ने सिद्धान्तवादी शिक्षक थिए उनी । म गर्भिणी भएर गृहिणीको भूमिका निर्वाह गरिरहेकी थिएँ, स्नातकको स्वाध्यायनलाई जारी राख्दै ।

उनी यो पनि भन्ने गर्थे– “अन्याय गर्नु अपराध त हुदै हो, अन्याय सहेर लाचार बन्नु पनि पाप हो । परिआएको बेला पीडितहरुलाई न्याय दिलाएर सहयोग गर्नु मानवीय कर्तव्य हो । तिमीलाई जसले बुझछ, त्यो तिम्रो सहोदर दाजुभाई हो । जीवन एक समुन्द्र हो, जसको गहिराईमा हरेक वस्तुहरु पाइन्छन्,खोजी गर्नु र देख्नु त्यो मानवको क्षमता हो ।” आदि यस्तै यस्तै सिद्धान्तका धनी थिए उनी । कला साहित्यका धनी, अन्यायी कृत्यप्रति आक्रामक हुने उनी अरुमा आइपरेको अन्यायप्रति पनि आक्रामक हुन्थे । पेशा शिक्षण भए तापनि सामाजिक, जनसेवा कार्यमा अग्रसर भएर यथौसर कृयाशील हुन्थे, निःस्वार्थपूर्वक । निस्छल प्रवृत्तिका व्यक्ति थिए उनी ।

क्रमशः

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ०५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल