३ पुस २०८२, बिहिबार | December 18, 2025

राजनीतिक परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड हो : जनार्दन शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए ।

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने जिकिर गरे ।

नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए । उनले भने, ‘समावेशी लोकतन्त्रसम्म ल्याई पु¥याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग-यो, यो अभियान कसेले थालनी ग¥यो ? यो आँट कसले ग-यो ? भन्ने कुरा स्वतः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ । नेकपा –माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै वनावटी कुरा होईन । कसैको प्रशंसाको कुरा होईन । यो माओवादीका मात्रै कुरा होईन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस् ।’

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका