५ पुस २०८२, शनिबार | December 20, 2025

दुर्घटना न्यनिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न



बुटवल । सडक दुर्घटनामा निधन भएकाहरुको स्मृती दिवसका अवसरमा सुरक्षित सवारी सञ्चालन सम्वन्धी अभियमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरेकबर्ष नोभेम्वर महिनाको पहिलो आईतवारका दिन संयुक्त राष्ट्रसंघको आव्हनमा सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा बिभिन्न कार्यक्रम तथा दीप प्रज्वलन गरी मनाउने गरिन्छ ।

नेपालमा सरकारी स्तरबाट कुनैपनि कार्यक्रम नगरीए पनि गैर सरकारी क्षेत्रबाट स्मृती दिवस मनाउने गरीदै आएको छ । बिशेष गरेर दुई चक्के सवारी साधनका प्रयोगकर्ताहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा सहजीकरण गर्दै फेडेरेसन ईन्टरनेशनल डेला अटोमोवाईल एशिया प्यासिफिकका कोषाध्यक्ष गोबिन्द भटराईले दुर्घटना न्युनीकरणका नागरिकलाई सचेत गराउनु पर्ने बताए ।

भटराईले दुर्घटना न्युनिकरणका लागि यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउदै त्यसका लागि नितीगत तहमा हुने लार्पवाही हटाउन नागरिकको भुमिका महत्वपुर्ण हुने बताए ।

आम नागरिक संगै राज्यका सबै निकाय जिम्मेवार बने मात्र सडकलाई सुरक्षित बनाउन सकिने उनले बताए । उनले सडक सम्बन्धी बनाईएका ऐन,नियमहरुको पालना गर्न सके मात्र मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित हुने बताए ।

सुरक्षित यात्रा अभियान नेपाल र रोटरी क्लव अफ तिनाउ बुटवलको आयोजना तथा यातायात मजदुर तथा ब्यवसायी भलाई कोष, रोटरी क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउन,रोट्याक्ट क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ बुटवल, रोट्याक्ट क्लव अफ लुम्विनी बाणिज्य क्याम्पस, रोट्याक्ट क्लव अफ रुपन्देही, रोट्याक्ट क्लव अफ बुटवल साउथ, रोट्याक्ट क्लव अफ सेन्टल रुपन्देही संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

रोटरी क्लव अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सहजिकरण गरेका थिए ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ५५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य