१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौ बेपत्ता



आन्ध्र प्रदेश । आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फँसेका चार जनाको उद्दार कार्य जारी छ ।

बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् । तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयांै तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फँसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको बर्षाका कारण चेयुरु नदी बहाब बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ । एजेन्सी

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : २६ बजे

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत