६ श्रावण २०८३, बुधबार | July 22, 2026

आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौ बेपत्ता



आन्ध्र प्रदेश । आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फँसेका चार जनाको उद्दार कार्य जारी छ ।

बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् । तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयांै तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फँसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको बर्षाका कारण चेयुरु नदी बहाब बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ । एजेन्सी

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : २६ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर