११ श्रावण २०८३, सोमबार | July 28, 2026

जयपृथ्वी राजमार्ग एक महिनापछि खुल्यो



बझाङ । गएको कात्तिकमा परेको भारी वर्षासँगैको बाढी, पहिराका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ ।

जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै शनिबारदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बसबाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरूपमा भने निर्माण गरिएको छैन ।

यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रूपमा वैकल्पिक सडक बनाइएको छ ।

बाढीपहिरो भएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीयवासी आक्रोशित थिए । सडक सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका कामसमेत प्रभावित बनेका छन् । बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृत्रिम अभाव सिर्जना गरेको स्थानीयवासीको आरोप छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला