४ पुस २०८२, शुक्रबार | December 20, 2025

वकिल र न्यायाधीशको हड्तालविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज विहान ११:३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।

बार एसोसिएसन र सर्वोच्च अदालतमा भएको बेन्च बहिस्कार तथा बेथितिविरुद्ध माइतीघर मण्डलामा भेला भई सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

यता प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ ।

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालोपट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम विहान १० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको