९ भदौ २०८३, मंगलबार | August 25, 2026

जसपा कार्यकारिणी समिति बैठक : सांसद प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो हुने



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् ।

उनको जवाफमाथि छलफल गरेर कारवाही गर्न कि सफाई दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ०७ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी