२४ मंसिर २०८२, बुधबार | December 10, 2025

ओलीले अब अध्यक्ष नबन्ने घोषणा गरेकै कारण अध्यक्षमा आफ्नो उम्मेदवारी : भीम रावल



काठमाडौं । एमाले भित्र सुरुदेखि अध्यक्ष केपी ओली नै सर्वसम्मत अध्यक्ष भन्दै आएको ओली पक्षीय नेताहरुलाई चुनौती दिँदै एमालेको महाधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लवमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष रावलले अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने घोषणा गरिसकेकाले आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

उमेर, क्षमताका हिसावले ओलीको नेतृत्वलाई जनताले महसुश गरिसकेको उल्लेख गर्दै रावलले अध्यक्ष ओलीले सुरु गरेको पार्टी निर्माणको कामलाई आफुले पुरा गर्ने बताए । उनले आफुलाई अध्यक्ष पदका लागि भरोसा गर्न अध्यक्ष ओलीलाई आग्रह गरे ।

उनले महाधिवेशनमा आफ्नो कुनै प्यानल नहुने बताउँदै आफू एक्लै चुनाव लड्ने जानकारी दिए । उनले सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको बताए।

जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : १५ बजे

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न