४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

ओलीले अब अध्यक्ष नबन्ने घोषणा गरेकै कारण अध्यक्षमा आफ्नो उम्मेदवारी : भीम रावल



काठमाडौं । एमाले भित्र सुरुदेखि अध्यक्ष केपी ओली नै सर्वसम्मत अध्यक्ष भन्दै आएको ओली पक्षीय नेताहरुलाई चुनौती दिँदै एमालेको महाधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लवमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष रावलले अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने घोषणा गरिसकेकाले आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

उमेर, क्षमताका हिसावले ओलीको नेतृत्वलाई जनताले महसुश गरिसकेको उल्लेख गर्दै रावलले अध्यक्ष ओलीले सुरु गरेको पार्टी निर्माणको कामलाई आफुले पुरा गर्ने बताए । उनले आफुलाई अध्यक्ष पदका लागि भरोसा गर्न अध्यक्ष ओलीलाई आग्रह गरे ।

उनले महाधिवेशनमा आफ्नो कुनै प्यानल नहुने बताउँदै आफू एक्लै चुनाव लड्ने जानकारी दिए । उनले सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको बताए।

जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : १५ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा