७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितुवाको छालासहित पक्राउ परेका चारजना सार्वजनिक



सुर्खेत । बराहताल गाउँपालिका-५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका-८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ दैलखका ३५ वर्षीय विमल शाही छन् । ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

उनले भने, ‘विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो ।’ आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक(एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक/एक थान रेड-रियल्मी मोबाइल बरामद गरिएको बताए । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले जनाए ।

सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई