१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बैतडीमा जन्ती बोकेको जीप दूर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते



बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको हो ।

जीपमा सवार सात जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । उनीहरु सवै स्थानीय हुन ।

४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । जीप सडकबाट सात सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २९ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले