७ बैशाख २०८३, सोमबार | April 20, 2026

म्यानचेष्टर सिटी र टोटेनहमको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेको हो भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २-१ को कठिन जित निकाल्यो ।

घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता बनाए । ५५ मिनेटमा रोड्रीले बक्स बाहिरबाट दोहोरो अग्रता बनाए । ८६ मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै सिटीले लिभरपुललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा टोटेनहमले लिड्सलाई २-१ ले हराएको छ । टोटेनहमले पुनरामगन जित निकालेको हो । लिड्सका ड्यानिएल जेम्सले ४४ मिनेटमा अग्रता बनाए ।

५८ औँ मिनेटमा पिएर एमिलीले गोल गरे । यस्तै सर्जियो रेगुइलोनले खेलको ६९ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले प्रिमियर लिगमा जितबाट आफ्नो यात्रा सुरु गरेका छन् ।

प्रिमियर लिगमा १२ औँ चरणका खेल सकिँदा २९ अंक जोडेर चेल्सी शीर्ष स्थानमा छ । २६ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लियो । लिभरपुल २५ अंकसहित तेस्रो स्थानमा छ । टोटेनहम भने १९ अंक बनाएर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४३ बजे

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज