२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सहज जितसँगै रियल म्यड्रिड शीर्ष स्थानमा



काठमाडौं । १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल म्यड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको सहज जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १-१ गोल गरे । घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए ।

खेल सुरु हुन अघि नै ग्रानडाका प्रशिक्षक रोबर्ट मोरेनोले बेन्चमा रातो कार्ड पाउँदै दर्शक दीर्घामा पुगेका थिए । खेलको ६७ मिनेटमा मिडफिल्डर मोन्चुले सिधै रातो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा सिमित भयो ।

जितसँगै रियलले रियल सोसाईडाडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । १३ औं चरणका खेल सकिँदा ३० अंक बनाएर मड्रिड तालिकामा पहिलो स्थानमा छ ।

सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा सेभिल्ला २८ अंकसहित तेस्रो स्थानमा रहँदा २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ ।

रियलसँग पराजित भएको ग्रानडा भने रेलिगेशन जोन नजिक छ । ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४८ बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५