२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रदेश पर्यटन मन्त्री चौधरी निर्विरोध काँग्रेस महाधिवेशन प्रतिनिधि



दाङ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन प्रतिनिधिमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन् ।

त्यसै गरेर ऊर्जा जलस्रोत तथा सिँचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसै गरेर आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । दाङमा अन्य सबै पदमा भने निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : २१ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन