२९ मंसिर २०८२, सोमबार | December 16, 2025

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै



काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ ।

मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो ।

प्रतियोगितामा ६ टोली रहेका छन् । जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको