१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

सैद्धान्तिक बहस बिनाको एमाले महाधिवेशनले चुन्ने छ २२५ कार्यकारी नेतृत्व, यसरी बाँडिने छ पदहरु



काठमाडौं । विधान महाधिवेशनलाई नै नीति महाधिवेशन भनेर उम्किीएका नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशन आउन अब तीन दिन बाँकी छ । पार्टी संरचनाको नयाँ विधान बनाइ सकेको एमालेले नेपाली कम्युनिष्ट आन्दोलनमै पहिलो पटक बिना सैद्धान्तिक बहस सिधै नेतृत्वको निर्वाचन गर्दैछ । सामान्यतया संसारभरीका कम्युनिष्ट पार्टीहरुमा राजनीतिक प्रस्तावमाथि बहस गरेर जस्को विचार महाधिवेशनले अनुमोदन गर्छ उसैको नेतृत्वमा पार्टीको संगठन निर्माण हुने भएपनि यस पटक बिना बहस महाभिवेशन आयोजना हुँदैछ । कस्तो कम्युनिष्ट पार्टी बनाउने भन्ने विषयमा घनश्याम भुसालको मसिनो आवाज सुनिएपनि भुसालको आवाज वर्तमान अध्यक्ष केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्छ भन्नेहरुको आवाजको अगाडि यत्तिकै हावामा हराउन पुगेको छ ।

नितीगत बहस बिना एमाले महाधिवेशनले सिधै निर्वाचनको माध्यमबाट १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने छन । समावेशी र खुलाबाट १६४ जना, भौगोलिक क्षेत्रबाट ४६ र पदाधिकारीमा १५ जना निर्वाचित गर्ने छ ।

विधान महाधिवेशनले पारित गरेको नयाँ विधान अनुसार पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र ७ सचिव गरी १५ जना निर्वाचित हुनेछन्। नयाँ विधानमा भौगोलिक क्षेत्रबाट ३० खुला र १६ महिला गरी ४७ निर्वाचित हुने व्यवस्था छ भने सातवटै प्रदेशबाट चार–चार खुला र दुई–दुई महिला निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक–एक खुला र एक–एक महिला निर्वाचित हुनेछन्।

समावेशी र खुला क्षेत्रबाट ५९ महिला १०५ खुला सदस्य आउने छन्। जसमा आदिवासी जनजातिबाट १५ खुला र ७ महिला गरि २२ जना निर्वाचित हुनेछन । त्यस्तै मधेशीमा ११ खुला र ५ महिला गरी १६ जना, दलितमा ७ खुला र ३ महिला गरी १० जना निर्वाचित हुनेछन । त्यस्तै थारुमा ४ खुला र २ महिला चुनिनेछन्। त्यस्तै मुस्लिम ३ खुला र १ महिला गरी ४, श्रमिक ३ खुला र २ महिला गरी ५ जना, पीछडिएको क्षेत्रबाट २ खुला र १ महिला गरी ३ जना निर्वाचित हुनेछन्। महाधिवेशनबाट समावेशीतर्फ कूल ४५ खुला र २१ महिला गरी ६६ जना चुनिनेछन्। खुला क्षेत्रमा ९८ जनाका लागि निर्वाचन हुनेछ। जसमा ६० पुरुष र ३८ महिला चुनिनेछन ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको लागि एक–एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यमा सात–सात खुला र पाँच–पाँच जना महिला निर्वाचित हुनेछन्।

एमालेबाट अध्यक्षलाई ओलीलाई काउण्टर दिन सक्ने माधव नेपाल नेतृत्वको ठुलो समूह बाहिरिएपछि यसपटकको महाधिवेशनमा ओलीले चाहे बमोजिमको टिम निर्वाचित हुने पक्का पक्की जस्तै देखिएको छ । १० बुँदे सहमतिका नाममा एमालेमा अडिएका १० नेताहरु मध्य भिम रावल र घनश्याम भुसालले ओलीका विरुद्ध चुँ सम्म बोल्ने हिम्मत गरेका छैनन् ।

एमालेको महाधिवशेन यही मंसिर १० देखि १२ सम्म चितवन हुँदैछ। महाधिवेशनका लागि बाँकी पाँच प्रतिशत प्रतिनिधिको मनोनयन आज बस्ने बैठकले गर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ३३ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा