१० भदौ २०८३, बुधबार | August 26, 2026

सैद्धान्तिक बहस बिनाको एमाले महाधिवेशनले चुन्ने छ २२५ कार्यकारी नेतृत्व, यसरी बाँडिने छ पदहरु



काठमाडौं । विधान महाधिवेशनलाई नै नीति महाधिवेशन भनेर उम्किीएका नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशन आउन अब तीन दिन बाँकी छ । पार्टी संरचनाको नयाँ विधान बनाइ सकेको एमालेले नेपाली कम्युनिष्ट आन्दोलनमै पहिलो पटक बिना सैद्धान्तिक बहस सिधै नेतृत्वको निर्वाचन गर्दैछ । सामान्यतया संसारभरीका कम्युनिष्ट पार्टीहरुमा राजनीतिक प्रस्तावमाथि बहस गरेर जस्को विचार महाधिवेशनले अनुमोदन गर्छ उसैको नेतृत्वमा पार्टीको संगठन निर्माण हुने भएपनि यस पटक बिना बहस महाभिवेशन आयोजना हुँदैछ । कस्तो कम्युनिष्ट पार्टी बनाउने भन्ने विषयमा घनश्याम भुसालको मसिनो आवाज सुनिएपनि भुसालको आवाज वर्तमान अध्यक्ष केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्छ भन्नेहरुको आवाजको अगाडि यत्तिकै हावामा हराउन पुगेको छ ।

नितीगत बहस बिना एमाले महाधिवेशनले सिधै निर्वाचनको माध्यमबाट १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने छन । समावेशी र खुलाबाट १६४ जना, भौगोलिक क्षेत्रबाट ४६ र पदाधिकारीमा १५ जना निर्वाचित गर्ने छ ।

विधान महाधिवेशनले पारित गरेको नयाँ विधान अनुसार पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र ७ सचिव गरी १५ जना निर्वाचित हुनेछन्। नयाँ विधानमा भौगोलिक क्षेत्रबाट ३० खुला र १६ महिला गरी ४७ निर्वाचित हुने व्यवस्था छ भने सातवटै प्रदेशबाट चार–चार खुला र दुई–दुई महिला निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक–एक खुला र एक–एक महिला निर्वाचित हुनेछन्।

समावेशी र खुला क्षेत्रबाट ५९ महिला १०५ खुला सदस्य आउने छन्। जसमा आदिवासी जनजातिबाट १५ खुला र ७ महिला गरि २२ जना निर्वाचित हुनेछन । त्यस्तै मधेशीमा ११ खुला र ५ महिला गरी १६ जना, दलितमा ७ खुला र ३ महिला गरी १० जना निर्वाचित हुनेछन । त्यस्तै थारुमा ४ खुला र २ महिला चुनिनेछन्। त्यस्तै मुस्लिम ३ खुला र १ महिला गरी ४, श्रमिक ३ खुला र २ महिला गरी ५ जना, पीछडिएको क्षेत्रबाट २ खुला र १ महिला गरी ३ जना निर्वाचित हुनेछन्। महाधिवेशनबाट समावेशीतर्फ कूल ४५ खुला र २१ महिला गरी ६६ जना चुनिनेछन्। खुला क्षेत्रमा ९८ जनाका लागि निर्वाचन हुनेछ। जसमा ६० पुरुष र ३८ महिला चुनिनेछन ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको लागि एक–एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यमा सात–सात खुला र पाँच–पाँच जना महिला निर्वाचित हुनेछन्।

एमालेबाट अध्यक्षलाई ओलीलाई काउण्टर दिन सक्ने माधव नेपाल नेतृत्वको ठुलो समूह बाहिरिएपछि यसपटकको महाधिवेशनमा ओलीले चाहे बमोजिमको टिम निर्वाचित हुने पक्का पक्की जस्तै देखिएको छ । १० बुँदे सहमतिका नाममा एमालेमा अडिएका १० नेताहरु मध्य भिम रावल र घनश्याम भुसालले ओलीका विरुद्ध चुँ सम्म बोल्ने हिम्मत गरेका छैनन् ।

एमालेको महाधिवशेन यही मंसिर १० देखि १२ सम्म चितवन हुँदैछ। महाधिवेशनका लागि बाँकी पाँच प्रतिशत प्रतिनिधिको मनोनयन आज बस्ने बैठकले गर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ३३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ